• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रिमियर कपको खराब नतिजा बिर्सेर अगाडि बढ्छौँ : कप्तान पौडेल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली क्रिकेट टोलीको कप्तान रोहितकुमार पौडेलले खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० शृंखलामा ध्यान केन्द्रित रहेको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनमा रोहितले प्रिमियर कपको प्रदर्शनबाट थोरै निराश भए पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित रहेको बताएका हुन् ।

नेपालले शनिबारदेखि घरेलु मैदानमा वेस्ट इन्डिजसँग पाँच खेलको शृंखला खेल्दै छ ।

एसीसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो शृंखला खेल्न लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖