• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

वेस्ट इन्डिजविरुद्ध नेपालको १०० रन पुरा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा १०० रन पुरा गरेको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपाललाई वेस्ट इन्डिजको टोलीले २०५ रनको विशाल लक्ष्य दिएको छ । यो लक्ष्य पछ्याउने क्रममा नेपालले ३ विकेटको क्षतिमा १०० रन पुरा गरेको हो ।

१२ ओभर खेल्दै १०० रन पुरा गर्ने क्रममा नेपालले अनिल शाह, कुशल भुर्तेल र कुशल मल्लको विकेट गुमाइसकेको छ । शाह ५ रन बनाएर आउट हुँदा भुर्तेल र मल्लले समान १६–१६ रन बनाएका छन् । कप्तान रोहित पौडेलले ३४ बलमा ६४ रन बनाएर खेलिरहेका छन् ।

कप्तान पौडेललाई दिपेन्द्रसिंह ऐरीले साथ दिइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖