• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

शतकपछि कप्तान पौडेलले भने – ‘टुडे वाज माई डे’


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले आज आफ्नो दिन भएको प्रतिक्रिया दिएका छन् । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’विरुद्ध शानदार शतक बनाएका उनले ‘पोस्ट म्याच प्रेजेन्टेसन’मा बोल्दै ‘टुडे वाज माई डे’ भन्दै प्रतिक्रिया दिएका हुन् ।

उनले ५४ बल खेल्दै ११२ रन बनाएपछि फराकिलो लक्ष्य पछ्याएको नेपालले २ बल बाँकी छँदै लक्ष्य भेट्टाएको थियो । शानदार शतक प्रहार गरेपछि आजको ‘प्लेयर अफ दि म्याच’ समेत रोहित बने । त्यस क्रममा प्रतिक्रिया दिँदै कप्तान पौडेलले आज आफ्नो दिन भएको बताएका हुन् ।

सुरुवाती ११ मा अनिल शाहलाई ओपनिङमा ल्याउनु कुनै रणनीति नभएको पनि उनले बताए । ‘पोस्ट म्याच’ प्रतिक्रिया दिने क्रममा उनलाई अनिल शाहलाई ओपनिङमा ल्याउनु रणनीति हो भनेर सोधिएको थियो ।

‘अनिललाई ल्याउनु कुनै रणनीति थिएन,’ कप्तान पौडेलले भने, ‘आज शतक प्रहार गर्नुमा मेरो दिन रहेछ ।’ यस्तै वेस्ट इन्डिजविरुद्धको अर्को खेलमा ‘पावर प्ले’को बलिङमा ध्यान दिनुपर्ने देखिएको समेत कप्तान पौडेलले बताए ।

कप्तान पौडेलको शानदार प्रदर्शनपछि नेपालले २ बल बाँकी छँदै ४ विकेटले जितेको छ । ५ खेलको सिरिज खेल्न आएको वेस्ट इन्डिजविरुद्ध दीपेन्द्रसिंह ऐरीले २४ रन बनाए । यस्तै यस्तै कुशल मल्ल र कुशल भुर्तेलले समान १६/१६ रन जोडेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖