• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रोमाञ्चक खेलमा दिल्लीसँग हार्‍यो मुम्बई


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औँ खेलमा मुम्बई इन्डियन्स दिल्ली क्यापिटल्ससँग १० रनले पराजित भएको छ । जितका लागि २ सय ५८ रनको विशाल लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४७ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६३ रन बनाए । उनले ३२ बलमा ४ चौका र ४ छक्का हिर्काए । त्यस्तै, कप्तान हार्दिक पाण्ड्याले २४ बलमा ४६ रन तथा टिम डेभिडले १७ बलमा ३७ रनको योगदान दिए ।

सूर्यकुमार यादवले २६ रन तथा इसान किशनले २० रन प्रहार गरे । दिल्लीका लागि मुकेश कुमार र रासिख सालमले ३–३ विकेट लिए भने खलिल अहमदले २ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ओपनर जेक फ्रासेर म्याकगर्कको विस्फोटक इनिङ्सको मद्दतले ४ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो । अस्ट्रेलियन युवा खेलाडीले मात्र २७ बलमा ८४ रन बनाए । उनले ११ चौका र ६ छक्का हिकाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖