• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

लिभरपुलको उपाधि होडमा ठुलो धक्का


  • धनकुटा खबर
  • .

लण्डन । वेस्ट ह्याम युनाइटेडसँग बराबरीमा रोकिएपछि लिभरपुलको प्रिमियर लिगको उपाधि जित्ने सम्भावना लगभग समाप्त भएको छ । शनिबार साँझ भएको खेलमा लिभरपुल २–२ गोलमा रोकिएको हो ।

खेलको पहिलो हाफको अन्त्यमा जेरोड बोवेनले वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको लिभरपुलका लागि एन्डी रोबर्टसनले बराबरी गोल फर्काए ।

६५ औँ मिनेटमा लिभरपुलले आत्मघाती गोलमार्फत अग्रता लियो । तर, यो अग्रता लामो समय भने टिक्न सकेन । ७७ औँ मिनेटमा मिकायल एन्टोनियोले वेस्ट ह्यामका लागि बराबरी गोल फर्काए ।

३ खेल बाँकी छँदा लिभरपुल ७५ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको आर्सनल ७७ अङ्कसहित शीर्ष स्थानमा छ । उता, दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ७६ अङ्कसहित लिगको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖