• Wednesday 7th of October 2026

सैन्य शिविरमा विस्फोट, २० सैनिकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । कम्बोडियाको एक सैन्य शिविरमा विस्फोट भएको छ । यस विस्फोटमा २० सैनिकको मृत्यु भएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले विस्फोटको जानकारी दिदै दुख व्यक्त गरेका छन् ।

शनिबार दिउँसो कम्बोडियाको पश्चिममा रहेको एउटा सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा २० सैनिकको मृत्यु हुनुका साथै अन्य कैयौं घाइते भएको प्रधानमन्त्री मानेटले सामाजिक सञ्जालमा बताएका छन् ।

घाइते सैनिकको अस्पतालमा उपचार भइरहेको उनले बताएका छन् । विष्फोट कारण खुल्न नसकेको बताइएको छ । प्रधानमन्त्री मनेतले मृतक सैनिकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖