• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

छैटौँ विकेट गुमायो क्यारेबियन टोलीले


  • धनकुटा खबर
  • .

काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो छैटौँ विकेट गुमाएको छ । वेस्ट इन्डिजले छैटौँ विकेटका रुपमा ह्याडेन वाल्सलाई गुमाएको हो । उनी रनआउट हुँदै पेभेलियन फर्किएका हुन् ।

आउट हुनुअघि उनले नौ रन बनाएका थिए । १७.२ ओभरमा उनी आउट हूँदा वेस्ट इन्डिजले एक सय १३ रन बनाएको थियो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖