काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ ।
नेपालले सातौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।
उनी पाँच बलमा तीन रन बनाउँदै आउट भएका हुन् । उनलाई वेस्ट इन्डिजका बलर ओबेडले रोस्टन चेजद्वारा क्याच गराए ।
१५.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय नौ रन बनाएको छ ।
