• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मोनाको हारेपछि पीएसजीलाई लगातार तेस्रो उपाधि


  • धनकुटा खबर
  • .

पेरिस । दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग २–३ गोलले पराजित भएपछि पेरिस सेन्ट जर्मेनले लगातार तेस्रो लिग वान उपाधि जितेको छ ।

लिगमा तीन खेल बाँकी छँदा पीएसजीले शीर्ष स्थानमा १२ अङ्कको अग्रता बनाएको छ । यो अग्रतालाई अब उछिन्न असम्भव छ ।

लुइस एनरिकेको टोलीले शनिबार नै उपाधिमाथि कब्जा जमाउन सक्थ्यो । तर, रेलिगेसनको खतरामा रहेको ले हार्भेसँग बराबरी खेलेपछि टोलीले उपाधिका लागि थप एक दिन पर्खनुपरेको हो ।

पीएसजीको यो १२ औँ लिग वान उपाधि हो । क्लबले पछिल्ला ११ वर्षमा १० औँ पटक उपाधि जितेको छ । अब टोलीले बोरुसिया डर्टमण्डविरुद्धको च्याम्पियन्स लिगको सेमिफाइनलमा आफ्नो ध्यान केन्द्रित गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖