• Thursday 8th of October 2026

डा. आयुष्नोभाले जितिन् ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’को ताज


  • धनकुटा खबर
  • .

काठमाडौँ। डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित भएकी छन्।बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’मा उनले शो उपाधि चुमेकी हुन्। डा. ढुंगानाले सवटाइटल तर्फ ‘मिस एलिगेन्स’ समेत हात पार्न सफल भएकी छन्

डा. ढुंगाना मोडल पनि हुन्। कलाकारिता र डाक्टर पेशाा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन्। संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जनेशरल साइकीह्याटीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिसत क्रेडिट पाएकी थिइन्। अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन्।

प्रतियोगतिामा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ सहित अन्य तीन विजेता समेत छानिएको थियो। जसमा सजिना खनालले ‘मिस सुप्रा नेसनल २०२४’ र धीरजकाजी बस्नेतले ‘मिस्टर सुप्रानेसनल २०२४’को उपाधि हात पारे प्रतियोगिताको अर्को महत्वपूर्ण उपाधि ‘मिस ग्लोबल नेपाल २०२४’ मोनिका अधिकारी र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’ क्षितिज श्रेष्ठ क्षेत्री भए।

सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको फिनाले महिला र पुरुष गरेर २९ जना प्रतिस्पर्धीहरु सहभागी थिए विजेता सबैले उपाधिको साथमा बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त प्राप्त गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖