• Thursday 8th of October 2026

फिल्म चलाउन अभिनय पर्दाबाहिर होइन, भित्र गर्न सक्नुपर्छ’: गायिका समीक्षा


  • धनकुटा खबर
  • .

काठमाडौं । गायिका समीक्षा अधिकारीलाई चर्चाले पछ्याइरहन्छ । यस्तोमा फिल्म ‘बोक्सीको घर’मा समावेश गीत ‘बुझिनँ मैले’ले फेरि एकाएक समीक्षालाई चर्चामा ल्याएको छ । यो गीतमा समीक्षाले प्रकाश सपुतसँग सहकार्य गरेकी छन् ।

रिलिज भएको एक महिनामै यो गीतलाई युट्युबमा एक करोड २२ लाख पटक हेरिएको छ । गीत र फिल्म हिट भएपछि समीक्षाले फेसबुकमार्फत केकी अधिकारीलाई बधाई दिएकी छन् ।

उक्त बधाईको स्टाटस यतिबेला चर्चामा छ । केकीलाई बधाई दिएको देखिएपनि निशाना अर्कोतिर साँधेको भनेर यो स्टाटसको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ ।

समीक्षा लेख्छिन्, ‘बुझिन मैले बुझाइदेऊ कसैले भन्ने गीत गाइसकेपछि मैले बुझें– सिनेमा चलाउन अभिनय पर्दा बाहिर होइन, चलचित्रभित्र गर्न सक्नुपर्छ । धेरै धेरै बधाई केकी अधिकारी दिदी अनि चलचित्र बोक्सीको घर परिवारलाई ।’

विशेषगरी ‘मैले बुझें– सिनेमा चलाउन अभिनय पर्दा बाहिर होइन, चलचित्रभित्र गर्न सक्नुपर्छ’ भन्ने जुन वाक्य छ, यो अभिव्यक्तिप्रति धेरैको ध्यानाकृष्ट भएको छ । उनले यो अभिव्यक्ति अरु कसैतर्फ लक्षित गरेको कमेन्ट देख्न सकिन्छ । उनले नाम पनि उल्लेख गरेकी छैनन् ।

यसअघि पनि उनले बहुरुपी औरत उल्लेख गर्दै स्टाटस लेखेकी थिइन् । उनले लेखेकी थिइन्, ‘अस्ति फिल्म चलाउन रोएको नाटक गर्‍यौ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पर्‍यौ । आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ । बहुरूपी औरत ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖