• Thursday 8th of October 2026

पूजालक्षित समीक्षाको कटाक्ष: फिल्म चलाउन अभिनय पर्दाबाहिर होइन,भित्र गर्न सक्नुपर्छ


  • धनकुटा खबर
  • .

काठमाडौं,२१ वैशाख । गायिका समीक्षा अधिकारी पछिल्लो गीतका कारण निक्कै चर्चामा छिन् । नायिका केकी अधिकारी अभिनित चलचित ‘बोक्सीको घर’ मा समावेश ‘बुझिन मैले,बुझाईदेउ कसैले’ बोलको गीतमा स्वर दिएकी उनी सो गीतका कारण चर्चामा छिन्।

सोही गीतका कारण पनि चलचित्र बोक्सीको घर यतिबेला सुपरहिट भईरहेको छ । करिब १ करोडको लगानीमा निर्माण भएको फिल्मले आजसम्म झण्डै ६ करोडको व्यापार गरेको निर्माण पक्षले जानकारी गराएको छ । फिल्म हिट भएपछि गायिका अधिकारीले निर्माण पक्षलाई बधाई दिएकी छन् ।

बिहीबार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै अधिकारीले निर्माण पक्षलाई बधाई दिएकी हुन् । उनले बधाई दिँदै भनेकी छन् ‘बुझिन मैल बुझाईदेउ कसैले’ भन्ने गीत गाईसके पछि मैले बुझें-सिनेमा चलाउन अभिनय पर्दा बाहिर होईन, चलचित्र भित्र गर्नुसक्नु पर्छ। धेरै धेरै बधाई दिदि केकी अधिकारी अनि चलचित्र बोक्सिको घर परिवारलाई’।

समीक्षाको सो स्टाटस्लाई धेरैले नायिका पूजा शर्मा लषित भनेका छन् । समीक्षा र पूजाबीच पछिल्लो समय सम्बन्ध सुमधुर छैन् । अभिनेत्री पूजा शर्मालाई फिल्म चलाउनकै लागि विभिन्न बाहाना बनाउने गर्ने गरेको भन्ने आरोप लाग्दै आइरहेको छ। फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजा रोएको थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖