• Thursday 8th of October 2026

यशको टक्सिकबाट बाहिरिन् करीना


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । कन्नड सुपरस्टार यशको बहुप्रतिक्षित फिल्म टक्सिकबाट करीना कपूर खान पान इन्डिया स्तरमा डेब्यु गर्न तयार थिइन् । करीनाले केजीएफ स्टारसँग काम गर्न लागेको भन्दै गत वर्षदेखि उनको बारेमा लगातार खबरहरु आइरहेका थिए ।

करिना कपुरले यो फिल्ममा यशको अन–स्क्रिन बहिनीको भूमिका निभाउने भएकी थिइन् । तर, यतिबेला अभिनेत्री उक्त फिल्मबाट बाहिरिएको चर्चा छ । नायिका सौहार्दपूर्ण तरिकाले फिल्म टिमसँग अलग भएको बताइएको छ । मितिमा समस्याको कारण करीनाले फिल्म छोडेको बताइएको छ ।

यशकी बहिनीको भूमिकामा देखिँदै थिइन् करिना

स्रोतका अनुसार, ‘टक्सिकका लागि यशले छुट्याएको समयसँग करिना कपूरको समय मिलिरहेको थिएन, समय मलाउने प्रयासपछि निर्माताहरूले सौहार्दपूर्ण रूपमा अलग बाटो अपनाएका छन् ।’ कथामा दाजु बहिनीको कहानी देखाउन लागिएको छ । यसमा बहिनीको भूमिका पनि निकै महत्त्वपूर्ण भएकोले सो भूमिकामा शीर्ष स्टार खोजिएको थियो । निर्माताहरूले यो भूमिकाका लागि प्यान इन्डियामा राम्रो उपस्थिति भएका अभिनेत्रीहरूलाई कास्ट गर्न खोजिरहेका छन् । खबरका अनुसार, निर्माताहरूले धेरै अभिनेत्रीहरूलाई सम्पर्क गरेका छन् । करिना कपुरले सो भूमिकामा खेल्न नमानेपछि अब कुन अभिनेत्रीको नाम आउँछ त्यो हेर्न बाँकी छ ।

फिल्ममा कियारा आडवाणी पनि

करीनाले फिल्म छाडेपनि अभिनेत्री कियारा आडवाणी अझै फिल्मको हिस्सा रहेको हल्ला चलिरहेको छ । फिल्ममा कियारा पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछिन् । फिल्ममा तीनजना मुख्य कलाकार रहने आन्तरिक स्रोतले बताएको छ । फिल्ममा करिना कपुर खान र कियारासहित तीन अभिनेत्री हुने बताइएको थियो । तर अब यसको कास्टमा फेरबदल भएको खबर आएको छ ।

टक्सिकको क्रियटिभ प्रोसेसमा विशेष ध्यान दिँदैछन् यश

टक्सिक कन्नड फिल्म उद्योगमा कियाराको पहिलो फिल्म हुनेछ । उनले रामचरणसँग गेम चेन्जर नामक तेलुगु फिल्ममा काम गरिरहेकी छिन् । श्रुति हसनले फिल्मको थिम गीत गाएकी थिइन् । यस्तोमा तेस्रो अभिनेत्री श्रुति हुन सक्ने चर्चा पनि आइरहेको छ । तर यश र गीतुले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यसैबिच, गत महिना एक स्रोतले यशले फिल्म निर्माणमा गहिरिएर लागेको खुलासा गरेका थिए । यशले फिल्मका लागि सतर्कतापूर्वक टिम तयार पारिरहेका छन् । फिल्मको शुटिङ छिट्टै हुने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖