• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं— वेस्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी२० श्रृङ्खलाअन्तर्गत नेपालले शनिबार अन्तिम खेल खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुनेछ।

यद्यपि नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी२० ३–१ ले गुमाइसकेको छ। श्रृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसयता तीन खेलमा लगातार पराजय हात पार्‍यो।

पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भयो। चौथो खेलमा २८ रनले पराजित हुँदै नेपालले वेस्ट इन्डिजलाई सिरिज सुम्पिएको हो।

आगामी जुनमा आयोजना हुने आईसीसी टी२० विश्वकपको तयारीका क्रममा नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच मैत्रीपूर्ण खेल भइरहेको हो।
विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्तरूपमा आयोजना हुँदैछ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। यो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्।

वेस्ट इन्डिज समूह ‘सी’ मा छ। यो समूहमा न्युजिल्याण्ड, अफगानिस्तान, पपुवा न्यूगिनी र युगाण्डा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖