एजेन्सी । वेस्ट इन्डिजसँगै सह-आयोजक अमेरिकाले टी-२० विश्वकपका लागि आफ्नो टोली घोषणा गरेको छ ।
३१ वर्षका विकेटकिपर मोनांक पटेललाई कप्तानी दिइएको छ भने भारतबाट अमेरिका बसेका उन्मुक्त चन्दले स्थान पाएनन् ।
यद्यपि, सबै टोलीले मे २५ सम्म आफ्नो टोलीमा परिवर्तन गर्न सक्नेछन् । विश्वकप जुन २ बाट सुरु भई जुन २९ सम्म चल्नेछ ।
न्युजिल्याण्डका लागि २०१५ को एकदिवसीय विश्वकप खेलेका कोरी एन्डरसनले अमेरिकी टोलीमा स्थान पाएका छन्। हालै अमेरिकाले टी–२० सिरिजमा क्यानडालाई ४–० ले हराएको थियो ।
घरेलु टोलीले यही जुन २ मा विश्वकपको उद्घाटन खेलमा यही टोलीसँग खेल्नेछ । समूह ‘ए’ मा रहेको टोली यस समूहमा भारत, पाकिस्तान र आयरल्याण्ड पनि परेका छन् ।
