• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

विश्वकपका लागि नेपाली टोलीमा नाम देख्दा आँसु आयो : अनिल साह


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालका ब्याटर अनिलकुमार साहले ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोलीमा आफ्नो नाम देख्दा आँसु आएको बताएका छन् ।

शनिवार पाँचौं तथा अन्तिम खेलमा पाहुना टोली वेस्ट इण्डिज ‘ए’ बिरुद्ध जित निकालेपछि पत्रकार सम्मेलनमा ब्याटर अनिलले उक्त प्रतिक्रिया दिएका हुन् ।

सो क्रममा उनले विश्वकपमा छनोट हुन पाउनु खुशीको क्षण रहेको र आफ्नो नाम देख्दा आँसु आएको बताए ।

टिममा नाम देख्ने बितिकै घर परिवारसँग खुशी साटेको पनि उल्लेख गरे ।

शनिबार जितपछि ओपनर आसिफ शेखले आशा गरेअनुरूप नजिता नआए पनि अन्तिम खेलमा जितसहित विश्वकपमा जाने टोलीको लक्ष्य पूरा भएको प्रतिक्रिया दिए ।

उनले विश्वकप छनोटबाट विश्वकपमा स्थान बनाउनु नै आफूहरूको लागि यादगार क्षण रहेको उल्लेख गरे ।

विश्वकप अगाडि वेस्ट इण्डिजको टोली जस्तो टिमसँग खेल्न पाउनु पनि महत्वपूर्ण हुने उनको विश्वास छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖