• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

विश्वकप खेल्ने आधा टोली आज वेष्टइण्डिज जाँदै, बाँकी भोलि जाने


  • धनकुटा खबर
  • .

काठमाडौं । अर्को महिना हुने आईसीसी टी-२० विश्वकप खेल्न नेपाली क्रिकेटको आधा टोली शनिबार राति वेष्टइण्डिजतर्फ जादैछ । बाँकी १२ जनाको टोली आइतबार जानेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति नै नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको थियो । शुक्रबार नेपालले वेष्टइण्डिज ए सँगको पाँचौं तथा अन्तिम टी-२० खेल खेल्दै ६ विकेटको जित हात पारेको थियो । शनिबार राति २ बजे ७ खेलाडी र ४ अफिसियल गरी कतार हुँदै वेष्टइण्डिजतर्फ लाग्नेछन् ।

शनिबार राति जाने टोलीमा ओपनर कुशल भुर्तेल, आसिफ शेख, तीव्र गतिका बलर करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, स्पिनर ललितनारायण राजवंशी, फिटनेश ट्रेनर अब्दुल सतार, सहायक प्रशिक्षक वसन्त शाही, ब्याटिङ प्रशिक्षक नन्दन फिड्निस, म्यानेजर प्रदीप मजगैयाँ र बलिङ प्रशिक्षक रोडिरिक इस्ट्विक छन् ।

आइतबार दिउँसो जाने टोलीमा कप्तान रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, प्रतिश जिसी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, कुशल मल्ल, मुख्य प्रशिक्षक मोन्टी देशाई, टेक्निकल एनालिष्ट रमन शिवाकोटी र फिजियो बिक्रम न्यौपाने छन् ।

बिजनेस क्लास टिकटको कारण नेपाली क्रिकेट टोली दुई फरकमा जान लागेको हो । वेष्टइण्डिजमा नेपालले ५ दिन अभ्यास गर्नेछ । नेपालले वेष्टइण्डिजमा अभ्यास खेल खेल्नेछ । क्यानले कुन टोली र कहिले खेल्ने शनिबार रातिसम्म सार्वजनिक गर्ने जनाएको छ । त्यसपछि नेपाली क्रिकेट टोली अमेरिका आउनेछ । विश्वकप २ जुनदेखि अमेरिका र वेष्टइण्डिजमा हुनेछ ।

समूह डी मा रहेको नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग अमेरिकाको डल्लासमा खेल्नेछ । १२ जुनमा नेपालले श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ । त्यसपछि १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग भने वेष्टइण्डिजमा गएर खेल्नेछ । नेपालले २०१४ पछि टी-२० विश्वकप खेल्दैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖