• Saturday 28th of November 2026

यो रहेछ आज र भोलि वर्षा हुने कारण


  • धनकुटा खबर
  • .

लामो समयको खडेरीपछि मध्य नेपालकेन्द्रित भइरहेको वर्षा छरिन थालेको छ । पश्चिमी वायु, स्थानीय वायु र भारतको विहारआसपास बनेको न्यूनचापीय प्रणालीको असरका कारण पूर्वका केही जिल्ला र मध्य नेपालकेन्द्रित भएर आइतबारबाट सुरु भएको हावाहुरीसहितको वर्षा सोमबार धेरै ठाउँमा फैलिएको छ ।

लगातार वर्षा हुने होइन, दिउँसो बादल लाग्ने, साँझपख हावाहुरी, चट्याङसँगै वर्षा हुने देखिन्छ । प्रि–मनसुनमा हावाहुरी र चट्याङको जोखिम हुन्छ ।

मौसमी प्रणाली सक्रिय रहेकाले बुधबारसम्म पहाडी क्षेत्रसँगै मधेश र बागमती, लुम्बिनी (पूर्वी क्षेत्र)मा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन् । ‘लगातार वर्षा हुने होइन, दिउँसो बादल लाग्ने, साँझपख हावाहुरी, चट्याङसँगै वर्षा हुने देखिन्छ,’ उनले भनिन्, ‘प्रि–मनसुनमा हावाहुरी र चट्याङको जोखिम हुन्छ ।’

महाशाखाले बुलेटिन जारी गर्दै मंगलबार देशभर आंशिकदेखि साधारणतया बादल लाग्ने जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ । बाँकी प्रदेशको थोरै स्थानमा पानी पर्नेछ ।

सोमबार साँझ काठमाडौं उपत्यकामा अधिकतम प्रतिघन्टा ७० किलोमिटरका दरले हावाहुरी चलेको थियो । पोखरा, स्याङ्जा, गुल्मी, नवलपरासी, चितवन क्षेत्रमा पनि हावा चलेको थियो । यसले तुवाँलो र वायु प्रदूषण कम गर्ने आकलन छ । काठमाडौंमा एक महिनादेखि वायु प्रदूषणको स्तरमा मानव स्वास्थ्यलाई हानि गर्ने स्तरमा रहेका वेला हावाहुरी चल्दा तुवाँलो केही घट्ने अपेक्षा गरिएको छ । तर, सोमबार साँझ हावाहुरी चल्दा उक्त समयमा भने प्रदूषणको मात्रा निकै बढेको थियो ।

पिएम २.५ माइक्रोनभन्दा मसिना धुलोधुवाँका कण, जुन सीधै नाकमुखबाट श्वासनलीमा गएर रगतमा समेत मिसिन्छ, त्यसको मात्रा शंखपार्कमा ४४८, पुल्चोकमा २६८, भक्तपुरमा २६३ र भैंसेपाटी क्षेत्रमा २१० माइक्रोग्राम प्रतिघन्टा प्रतिघनमिटर पुगेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖