• Wednesday 7th of October 2026

यि हुन् आँपको पातका अद्भुत फाइदा


  • धनकुटा खबर
  • .

एजेन्सी । गर्मीको मौसस सुरु भएसँगै फलहरूको राजा आँप, जहाँ पनि देखिन थाल्छ ।

धेरै मानिसलाई आँप खान एकदमै मन पर्छ । तर, के तपाईंलाई थाहा छ आँपसँगै त्यसको पात पनि शरीरका लागि फाइदाजनक हुन्छ । यदी थाहा छैन भने आजै जान्नुहोस्-

आँपको पातमा पनि भरपूर मात्रामा भिटामिन ए, सी, बी, एन्टीमाइक्रोबियल र एन्टीअक्सीडेन्ट गुणहरू पाइन्छन् । यस्तोमा आँपका पातहरू स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छन् ।

आँपका पातहरूको सेवन गर्नाले पेटको खराब तत्वहरू बाहिर निस्कन्छ । जसले गर्दा शरीर भित्रैदेखि सफा हुन्छ ।

स्ट्रेस र तनावलाई कम गर्नका लागि पनि आँपको पातको चिया बनाएर पिउनु एकदमै फाइदाजनक मानिन्छ । यसले तपाईंलाई तनावबाट राहत दिन्छ ।

यदी तपाईं मधुमेहको बिरामी हुनुहुन्छ भने आँपको पातलाई चपाउन सक्नुहुन्छ । यसो गर्नाले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्न सहयोग पुग्छ ।

यदी तपाईं तौल कम गर्ने सोंचिरहनुभएको छ भने पनि आफ्नो खानपानमा आँपको पातलाई सामेल गर्न सक्नुहुन्छ । यसले मेटाबोलिज्म बुस्ट हुन्छ र तौल कम गर्न सहयोग पुग्छ ।

आँपका पातमा हुने भिटामिनहरूले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । जसले गर्दा भाइरल फ्लु तथा संक्रमणहरूबाट जोगिन सकिन्छ ।
आँपको पातमा हुने भिटामिन ए, सी र ईले कपाललाई पनि बलियो र स्वस्थ बनाइराख्छन् । साथमा यसले छालालाई पनि स्वस्थ बनाउन सहयोग गर्छ ।

आँपको पातलाई ताजा वा सुकाएर पनि प्रयोग गर्न सकिन्छ । विशेषगरी यसलाई चिया बनाएर पिउनु फाइदाजनक हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖