• Wednesday 7th of October 2026

अस्पतालमा चक्कु प्रहार ! दुई जनाको मृत्यु, २१ घाइते


  • धनकुटा खबर
  • .

बेइजिङ । दक्षिणपश्चिम चीनको एक अस्पतालमा मङ्गलबार चक्कु प्रहार हुँदा दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।

युनान प्रान्तको झेन्सियोङ काउन्टी जन अस्पतालमा भएको आक्रमणको कारण खुलेको छैन । सन्दिग्ध व्यक्ति सोही काउन्टीको एउटा गाउँका पुरुष भएको झेन्सियोङ प्रहरीले जनाएको छ । घाइतेहरूको उपचार भइरहेको जनाइएको छ ।

एक प्रत्यक्षदर्शी व्यक्ति आक्रमणबाट बच्न सफल भएका थिए र घाइतेमध्ये चिकित्सकहरु पनि रहेका छन् । यसअघि सञ्चारमाध्यमले २३ जना घाइते भएको बताएको थियो। तर, प्रहरीले भने २१ जना घाइते भएको बताएको छ ।

झेन्सियोङ काउन्टी युनान प्रान्तीय राजधानी कुनमिङ देखि २२० माइल उत्तर पूर्व तथा सिचुआन प्रान्तसँग सीमा नजिक रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖