• Thursday 8th of October 2026

जानवी कपूरले बिहे गरेको चर्चा, दिइन् यस्तो प्रतिक्रिया


  • धनकुटा खबर
  • .

भारतीय अभिनेत्री जानवी कपूरको बिहे भएको भन्दै सामाजिक सञ्जालहरूमा चर्चा बढेको छ।

जानवी हालै शिखर पहाडियासँग तिरूपति बालाजी मन्दिर पुगेकी थिइन्। यसपछि उनीहरूको बिहेको चर्चा चल्न थालेको हो।

शिखर र उनीबीच प्रेम सम्बन्ध रहेको चर्चा छ। जानवीले केही समययता आफ्नो घाँटीमा शिखु लेखिएको सिक्री पनि लगाउन थालेकी छन्। यसअघि उनले कफी विद करन कार्यक्रममा शिखरको नाम लिएकी थिइन्। उनले आफ्नो मोबाइलमा तीन वटा मुख्य नम्बर कुन कुन हुन्दा भन्दा उनले बुबा, खुसु (बहिनी खुसी कपुर) र शिखु भन्दै शिखरको नाम लिएकी थिइन्।

त्यसयता नै जानवी र शिखरबीचको प्रेमले चर्चा पाएको थियो। थुप्रै कार्यक्रमहरूमा शिखर जानवी र उनको परिवारसँगै देखिन थालेका छन्। यसबारे उनीहरूले कुनै प्रतिक्रिया भने दिएका छैनन्।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार जानवी र शिखर प्रायः तिरूपति मन्दिर गइरहन्छन्। हालै भने उनीहरूले खुसुक्क बिहे गरेको चर्चा चल्न थालेको हो।

आफ्नो बिहेको कुराले सामाजिक सञ्जालमा चर्चा पाएपछि जानवीले प्रतिक्रिया पनि दिएकी छन्।

उनले इन्स्टाग्राममा पोस्ट भएको आफूहरूको फोटोमा लेखेकी छन्, ‘जे पनि!’

जानवीका प्रेमी भनिएका शिखर महाराष्ट्रका पूर्वमुख्य मन्त्री सुशीलकुमार शिन्डेका नाति हुन्। शिखर र जानवीबीच पहिले पनि प्रेम सम्बन्ध रहेको चर्चा थियो। तर बीचमा उनीहरू अलग भएका थिए। अहिले फेरि उनीहरू प्रेम सम्बन्धमा भएको अनुमान छ।

कामको कुरा गर्दा जानवी पछिल्लो समय बरूण धवनसँगको फिल्म ‘बवाल’ मा देखिएकी थिइन्। अब उनको नयाँ फिल्म ‘मिस्टर एन्ड मिसेस माही’ र ‘उलाझ’ आउँदै। त्यस्तै उनी ‘देवराः पार्ट १’ बाट तेलेगू फिल्ममा पनि डेब्यू गर्दैछिन्। उनले ‘सन्नी संस्कारी की तुलसी कुमारी’ फिल्मको सुटिङ पनि सुरू गरिसकेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖