• Wednesday 7th of October 2026

अनुहारको दाग वा पोतो हटाउने अचुक ओखती कालो तिल, यस्तो छ प्रयोग गर्ने तरिका


  • धनकुटा खबर
  • .

कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ। अनुहारमा चायाँ, पोतो वा दाग, कालो घब्वा आदि आएमा त्यसलाई सजिलैसँग हटाउन सकिन्छ। साथै कम्मर दुख्ने रोगलाई पनि निको पर्न सकिन्छ त्यसको लागि तल दिएको उपायहरुलाई नियमित प्रयोग गर्नु पर्छ।

मुखमा पोतो वा दाग आएमा: जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ।

कम्मर दुख्ने रोगमा: आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाँदा कम्मर दुख्ने रोग निको हुँदै जान्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖