• Wednesday 7th of October 2026

अन्तरिक्ष स्टेशन जान नासाले नयाँ विमान प्रयोग गर्ने


  • धनकुटा खबर
  • .

बीबीसी । अमेरिकी अन्तरिक्ष निकाय नासाका दुई जना अन्तरिक्ष यात्री नयाँ अन्तरिक्ष यानमा सवार भएर अन्तरिक्षतिर उड्ने भएका छन् । सोमबारका लागि तय भएको प्रक्षेपण सुरक्षा समस्याका कारण अन्तिम समयमा स्थगित भए पनि शुक्रबार प्रक्षेपणको नयाँ प्रयत्न हुन सक्ने बताइएको छ ।

बोइङको स्टारलाइनरले गर्न लागेको चालक दल सहितको परीक्षण उडान फ्लोरिडाको केप म्याभेरलबाट गर्ने तय भएको छ । वमान विकास क्रममा उत्पन्न गडबडीका कारण यो लक्ष्य केही वर्षले ढिला हुन पुगेको थियो ।

शुक्रबारको प्रयत्न सफल भएमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनतिर उडान गर्ने बोइङ दोस्रो निजी कम्पनी बन्नेछ। अहिलेसम्म इलोन मस्कको स्पेस एक्सले त्यस्तो काम गर्दै आएको छ । नासा अब यस्ता विमान किन्न र चलाउन चाहन्न बरु उसले अरू व्यावसायिक क्षेत्रबाट यस्तो सेवा किन्न चाहिरहेको छ ।

स्थानीय समय अनुसार सोमवार २२ः३४ बजे ‘लिफ्ट अफ’ निर्धारण गरिएकोमा सुरक्षा सम्बन्धी समस्या देखिएका कारण दुई घण्टाअघि स्थगित गरिएको थियो। अन्तरिक्षयात्रीहरू विमानमा बसिसकेको अवस्थामा अक्सिजन प्रवाह हुने भल्वमा समस्या देखिएको हो । बोइङले एउटा सोसल मिडिया पोस्टमा भनेको छ, शुक्रबार प्रक्षेपणको नयाँ प्रयत्न हुनसक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖