• Wednesday 7th of October 2026

गर्मीमा पुरुषले अनुहारमा के लगाउने ?


  • धनकुटा खबर
  • .

एजेन्सी । गर्मीमा छालासम्बन्धी जोडिएका समस्याहरु एकदमै धेरै हुने गर्छन् । साथमा अत्यधिक घामको कारणले अनुहारको चमक पनि कम हुँदै जान्छ । यस्तोमा अनुहारको चमक बढाउनका लागि पुरुषहरुले कस्तो उपाय अपनाउन सक्छन् । यसबारेमा जानौं-

गर्मीमा पुरुषहरुले काँक्रा र एलोवेराको फेस प्याक बनाएर प्रयोग गर्न सक्छन् । यो फेस प्याकले छालालाई हाइड्रेट गर्नुका साथै घामले डढेको पनि निको हुन्छ ।

तरबुजा र दहीको पेस्ट अनुहारमा लगाउँदा पनि छाला हाइड्रेट हुन्छ । यसले अनुहारको चमक बढाउन सहयोग गर्छ ।

त्यस्तै, अर्को मेवा र मह मिसाएर बनाइएको प्याक पनि लगाउन सकिन्छ । यसले घामले डढेर कालो भएको छालालाई पनि पुनः आफ्नै प्राकृतिक छालाको रंगमा ल्याउँछ । साथमा मेवामा हुने गुणहरुले छालालाई चम्किलो बनाउँछ ।

सनस्क्रीन महिलाका लागि मात्र नभएर पुरुषको छालाका लागि पनि उत्तिकै आवश्यक हुन्छ । त्यसैले घाममा जानुअघि सधैं सनस्क्रीन क्रिम लगाउनु पर्दछ ।
पुरुषहरुले छालाको सुरक्षा गर्नका लागि दाह्री फालेपछि वा मुख धोएपछि टोनर पनि लगाउनुपर्दछ ।

विशेषगरी गर्मी मौसममा छालालाई स्क्रब गर्नु एकदमै जरुरी हुन्छ । स्क्रब गर्दा छालामा भएका धुलो मैलोदेखि मरेका सेल्सहरुलाई पनि फाल्ने काम गर्छ जसले गर्दा छाला फ्रेस देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖