काठमाडौं । वैशाख पहिलो साता बिहे गरेकी गायिका एलिना चौहान दुबईमा मस्ती गरिरहँदा नेपालका गसिप चलिरहेको छ ।
उनीहरूका निजी जीवनका कुराहरू सार्वजनिक भइरहेका छन् । उनीहरूका विभिन्न अन्तरङ्ग विषयले चर्चा पाएको छ ।
एकपछि अर्को अन्तरवार्ता सार्वजनिक भइरहेका छन् ।
पति विष्णुले भने एलिनालाई अस्ट्रेलियामै लगेर आफूसँग राख्ने योजना बनाएका छन् । अस्ट्रेलियाबाटै गीत रेकर्ड गरेर युट्युबमा राख्ने र दसैँ तिहारमा नेपाल ल्याउने बताएका छन् । नेपालका महोत्सवको बेलामा मात्र नेपाल लैजाने विष्णुले बताएका छन् ।
उनी साङ्गीतिक कार्यक्रमका लागि श्रीमान् विष्णु सापकोटालाई समेत लिएर दुबई पुगेकी उनले भनेकी छिन्, ‘‘बिहेपछि आनन्दै भयो, मेरो सबै प्रोग्रामको ‘डिल’ उहाँले गर्नुहुन्छ ।’’
यसको अर्थ एलिनाले विष्णुसँग बिहे गरेपछि आफूलाई व्यावसायिक जीवनमा समेत सजिलो भएको सुनाएकी हुन् ।