• Wednesday 7th of October 2026

महिलामा सेतो पानी बग्ने समस्या किन हुन्छ, कसरी गर्ने उपचार?


  • धनकुटा खबर
  • .

डा. करिष्मा पाण्डे
स्त्रीरोग विशेषज्ञ

महिलामा सेतो पानी बग्नु सामान्य प्रक्रिया हो। तर सधैं यो सामान्य भन्ने हुँदैन। सेतो पानी के-कारणले बग्छ त्यसबारे बुझ्नपर्छ।

भर्खर जन्मेको नानीको पनि कहिलेकाहीँ रगत मिसिएको डिस्चार्ज देखिन सक्छ। त्यो आमाको हर्मोनको कारणले हुन सक्छ। बिस्तारै ठूलो हुँदै गएपछि आफैं ठिक हुन्छ।

जब नानीहरू १२-१३ वर्षका हुन्छन् तब उनीहरूको अण्डाशयबाट एस्ट्रोजन हर्मोन निस्कन्छ। साधारणतय त्यही एस्ट्रोजनले डिस्चार्ज गराउँछ।

गर्भवतीमा पनि कति धेरै डिस्चार्ज निस्कियो भनेर भनिरहेका हुन्छौं। आमा र बच्चालाई जोड्ने सालको कारणले एस्ट्रोजन हर्मोन निस्किन्छ। त्यसैले योनीबाट डिस्चार्ज निस्किन्छ। त्यस्तो अवस्थामा यसलाई सामान्य मानिन्छ।
निलोकन चक्कीमा पनि एस्ट्रोजन हर्मोन धेरै हुन्छ। त्यो खाँदा महिलामा हर्मोनको कारणले सेतो पानी निस्किन्छ। यो पनि एउटा सामान्य प्रक्रिया हो।

महिनावारी भएको १२-१३ दिन हुँदा डिस्चार्ज आउने समस्या भनेर कतिपय महिला हामीकहाँ आउँछन्।

तराईका कतिपय महिलाले सेतो पानी धेरै बगेको भन्दै पाठेघर निकालेका हुन्छन्। तर पाठेघर फ्याँक्दैमा यो समस्या समाधान हुँदैन।

चिकित्सकको परामर्श लिएर यसको उपचार गर्नुपर्छ। संक्रमण भयो भने गन्हाउने पानी बग्छ।

मोटोपना भएका महिलामा गन्हाउने पानी बग्ने समस्या धेरै हुन सक्छ। सरसफाइमा ध्यान नदिँदा पनि यस्तो समस्या आउँछ।

व्याक्टेरियल संक्रमणको कारण डिस्चार्ज गएको हुन सक्छ।
श्रीमानले अन्यत्र पनि शारीरिक सम्पर्क राख्छन् भने महिलाको योनीमा भतभति पोल्ने, चिलाउने समस्या हुन्छ। यस्तो बेला योनीबाट आएको डिस्चार्जको आधारमा उपचार गर्नुपर्छ।

यस्तो अवस्थामा रगत मिसिएको डिस्चार्ज आउने समस्या हुन्छ।
कतिपयलाई यौन सम्पर्क गरेपछि पनि यस्तो डिस्चार्ज आउँछ। त्यस्तो समस्या आउनेले तुरून्तै चिकित्सककहाँ गएर सल्लाह लिनुपर्छ।
सामान्यभन्दा फरक खाले डिस्चार्ज भए चिकित्सकको परामर्श लिनुपर्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖