• Wednesday 7th of October 2026

घिउसिमीमा भेटियो सबैभन्दा बढी विषादी


  • धनकुटा खबर
  • .

काठमाडौं– घिउसिमीमा सबैभन्दा बढी विषादी भेटिएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालय केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाई कालिमाटीले परीक्षण गर्दा सो घिउसिमी अत्यधिक विषादी प्रयोग भएकाले उपभोग अयोग्य रहेको जनाएको छ।

सञ्चालक विन्दा सुवेदीको ६७८ नम्बरको स्टलमा धादिङबाट ल्याइएको घिउसिमीमा अर्गानो फस्फे नामक विषादी ८५.३३७३ प्रतिशत रहेको पाइएको छ।

सो विषादी ३५ प्रतिशतभन्दा कम भएमा उपभोगयोग्य मानिन्छ। यस्तै ३५ प्रतिशतदेखि ४५ प्रतिशतमा केही दिन राखेर खान सकिन्छ भने ४५ प्रतिशत माथि भएमा उपभोग अयोग्य ठहरिने समितिको भनाइ छ।-स्वास्थ्य खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖