• Wednesday 7th of October 2026

कसरी स्वस्थ राख्ने मुटु ?


  • धनकुटा खबर
  • .

काठमाडौँ – मुटु हाम्रो शरीरमा रहेको एउटा सानो पम्पजस्तो अङ्ग हो जसले जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ ।

यसमा आउने खराबीले विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो ।

तर मुटुको रोग लाग्ने कारक तत्त्वहरू वैज्ञानिक हिसाबले प्रमाणित भइसकेका छन् ।

धूम्रपान वा सुर्तीजन्य पदार्थ सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम, ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव लिने बानी, खानामा नुनु धेरै, चिनी धेरै, कार्बोहाइड्रेट धेरै खाने बजारको पोके खाना खाने बानी, कम सुत्ने बानी इत्यादिका कारण मुटु रोग लाग्ने गर्दछ ।

यी कुरा वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् भने कारक वंशाणुगत आउने कारक तत्त्व बाहेक अन्य कारणबाट हुने मुटुरोगलाई जीवनशैली सुधारेर कम गर्न सकिन्छ । अर्थात् वंशाणुगत कारण अन्य बाँकी सबै हामी आफैँ नियन्त्रण गर्न सक्षम छौं ।

कसरी बचाउने मुटु ?

कमसेकम वर्षको एक पटक डाक्टरको सल्लाह लिएर आफ्नो स्वास्थ्य बारे जानकारी लिने ।

कुनकुन कारण तत्त्वलाई ठीक अवस्थामा राख्नु छ, त्यसमा ध्यान दिने गरौँ ।

चुरोट रक्सीको सेवन नगरौँ

रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राखौं, तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने गरौँ,

अनावश्यक तनाव लिने, लोभ लालचमा नफसौँ, फलफूल खाने बानी बसालौँ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖