• Wednesday 7th of October 2026

कुकुरले टोके के गर्ने ?


  • धनकुटा खबर
  • .

घरमा कुकुर पाल्नु भएको छ भने अवश्य पनि तपाईँले रेबिज विरुद्धको खोप कुकुरलाई लगाउनु भएको होला ।
यदि लगाउनु भएको छैन भने लगाइहाल्नुहोस् । अन्यथा कुकुरले परिवारका सदस्य वा घरमा आएका व्यक्तिलाई टोक्यो भने रेबिज लाग्ने खतरा रहन्छ ।

शहर बजारमा भुस्याहा कुकुरको सङ्ख्या निकै छ । जसका कारण कुकुरदेखि सावधान बन्न जरुरी छ । यदि कुकुरले टोक्यो भन्ने तत्कालै अस्पताल जान आवश्यक हुन्छ । यदि कुकुरमा रेबिज लागेको रहेछ भने त्यो मानिसमा सर्ने जोखिम रहन्छ ।

रेबिज रोगको लक्षण

–पानी र हावादेखि डराउने,

–अत्यधिक उत्तेजित व्यवहार गर्ने,

–घाउ भएको स्थानमा दुख्ने,

–ज्वरो आउने,

रेबिजबाट बच्ने उपाय

–घरपालुवा जनावरलाई रेबिज विरुद्धको सुई लगाउने,

–सामुदायिक कुकुरलाई नजिस्काउने,

–कुनै पनि शङ्कास्पद जनावरको सम्पर्कमा आए पनि वा त्यसले टोकेमा तुरुन्त विशेषज्ञ चिकित्साको परामर्श तथा उपचार लिने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖