• Thursday 8th of October 2026

‘वर एण्ड बधू’ मा विशेष भूमिकामा देखिँदै गरिमा शर्मा


  • धनकुटा खबर
  • .

मोडल एवं अभिनेत्री गरिमा शर्मा फिल्म ‘वर एण्ड बधू’ मा जोडिएकी छिन्। हाल काठमाडौंमा छायांकन भइरहेको यो फिल्ममा उनलाई विशेष भूमिकाका लागि लिइएको निर्देशक मिलन चाम्सले बताए।

फिल्ममा जोडिएसँगै गरिमाले पनि आफ्नो भूमिकालाई लिएर उत्साहित रहेको बताइन्। उनी आइतबारदेखि यो फिल्मको छायांकन सेटमा जोडिनेछिन्।

म्युजिक भिडिओमा निकै रूचाइएकी गरिमाले ‘लण्डन टु पेरिस’ बाट फिल्ममा डेब्यु गर्दैछिन्। यो फिल्म जेठको २५ गतेदेखि प्रदर्शनमा आउँदैछ। त्यस्तै, उनको अर्को फिल्म ‘ह्रस्व दीर्घ’ असोजमा रिलिज हुँदैछ।

अभिनयका हिसाबले ‘वर एण्ड बधू’ गरिमाको तेस्रो फिल्म हुनेछ। यो फिल्ममा आँचल शर्मा र नव अभिनेता विवेक कर्माचार्य मुख्य भूमिकामा देखिँदैछन्। साथमा किरण केसी, कुसुम शर्मा, विजय लामा, सरिता लामिछाने, रविन्द्र खड्का, अंशु महर्जन, दिनेश काफ्ले, श्रृष्टि खड्का, हिमेश पन्तलगायतको पनि अभिनय रहनेछ।

यो फिल्मको पहिलो चरणको छायांकन रोमानियामा भएको थियो। केही सातादेखि दोस्रो चरणको छायांकन काठमाडौंमा भइरहेको हो।
फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖