• Thursday 8th of October 2026

वैवाहिक बलात्कार मुद्दामा नेपाल आइडल विजेता ओडले गरे आत्मासमर्पण, ४ दिनदेखि प्रहरी थुनामा


  • धनकुटा खबर
  • .

धनगढी । वैवाहिक बलात्कार सम्बन्धि मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मा सर्मपण गरेका छन् ।

कञ्चनपुरकाे कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मा समर्पण गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जाेशीले बताए ।

जाेशीकाअनुसार रवि आफै प्रहरी कार्यालयमा उपस्थित भएपछि जिल्ला अदालतबाट पाँच दिनकाे म्याद थप गरेर अनुुसन्धान भइरहेको छ ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्व वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

प्रहरीले साेही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी लिएकाे थियो । तर ओड सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖