• Tuesday 6th of October 2026

गर्मीमा बिहान खाली पेटमा बेल पत्र खाँदा पाइन्छ यस्ता अनगिन्ती फाइदाहरु


  • धनकुटा खबर
  • .

बेल पत्रमा क्याल्सियम र फाइबरका साथै भिटामिन ए, सी, बी१ र बी६ जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ। धेरैलाई थाहा छैन कि यी पातहरू धेरै स्वास्थ्य समस्याहरूका लागि फाइदाजनक छन् ।

आयुर्वेदमा बेललाई मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । आयुर्वेदअनुसार पाकेको बेलले कब्जियत हटाउने, खाना रुचाउने, शरीरलाई शितलता प्रदान गर्ने गर्छ । काँचो बेल रुघा, अपच, शरीर गर्मी हटाउन तथा शरीरका भित्री रोगहरुको निर्मूलताका लागि उपयोगी मानिन्छ ।

बेलको फल जस्तै यसको पात पनि निकै उपायोगी हुने गर्दछ। त्यसैले तपाईंले बेल पत्रलाई दैनिक खानुपर्छ। दैनिक उपभोग गर्दा, यसले पेट सम्बन्धी समस्याहरू कम गर्न, मुटुको स्वास्थ्य र कलेजोमा सुधार गर्न मद्दत गर्दछ। स्वास्थ्य विशेषज्ञहरूले पनि यो पातलाई दैनिक दिनचर्यामा समावेश गर्न सल्लाह दिन्छन्।

यद्यपि यो पात दिनको जुनसुकै समयमा सेवन गर्न सकिन्छ तर विज्ञहरूका अनुसार बिहान खाली पेटमा खाँदा यसले अनगिन्ती फाइदा पु¥याउने सुझाव दिन्छ । किनभने बासी मुखले पोषक तत्व सजिलै सोस्छ।

बेलपत्र खानुका फाइदाहरुः

–बेल पत्रलाई पेटका लागि निकै फाइदाजनक मानिन्छ । यदि तपाईलाई पेट सम्बन्धी कुनै समस्या छ भने तपाईले बेल पत्र हरेक बिहान खाली पेटमा सेवन गर्न सक्नुहुन्छ ।

–बेल पत्र दैनिक बिहान सेवन गर्दा ग्यास, एसिडिटी र अपचबाट आराम मिल्छ।

–खाली पेटमा बेल पत्र खानु पायल्सको समस्या भएका व्यक्तिका लागि फाइदाजनक हुन्छ ।

मुटुको लागि स्वस्थ
– हरेक बिहान खाली पेटमा बेल पत्राको सेवन गरेमा यसमा पाइने एन्टिअक्सिडेन्ट गुण पाइन्छ जसले मुटुलाई रोगबाट बचाउँछ ।

साथै हृदयाघात र उच्च रक्तचापको जोखिम पनि कम हुन्छ ।

शरीरलाई चिसो राख्ने: बेल पत्रको प्रकृति न्यानो छ। यस्तो अवस्थामा यदि तपाईले बेल पत्रको सेवन गर्नुभयो भने तपाईको शरीर दिनभर शीतल रहनेछ । विशेषगरी गर्मीमा बेल पत्रको सेवन बढी फाइदाजनक हुन्छ । यसले तपाईंलाई शीतलता दिनेछ।

–मुखमा अल्सर भए पनि बेल पत्रको सेवन हरेक बिहान खाली पेटमा गर्नाले फाइदा हुन्छ । यसका लागि बेल पत्रा चपाएर खान सक्नुहुन्छ।

मधुमेहबाट राहत पाउनुहोस्:
– यदि तपाई मधुमेह रोगी हुनुहुन्छ भने तपाईले बेल पत्रा हरेक बिहान खाली पेटमा सेवन गर्न सक्नुहुन्छ ।

-बेल पत्रमा पाइने फाइबर र अन्य पोषक तत्व मधुमेहका बिरामीका लागि आवश्यक हुन्छ।

-खाली पेटमा बेल पत्र खाँदा रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖