• Wednesday 7th of October 2026

के हो न्यूक्लियर फ्युजन प्रक्रिया, कृत्रिम सूर्य सम्भव होला त ?


  • धनकुटा खबर
  • .

काठमाडौँ– पछिल्लो समय वैज्ञानिकहरूले आफ्नो खोज तथा अनुसन्धानबाट प्रकृतिलाई चुनौती दिइरहेका छन् । केही समयअघि चिनियाँ वैज्ञानिकहरूले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा चम्काउने दाबी गरेअनुसार सफलता पनि प्राप्त गरिसकेका छन् ।

यस्तै अव चिनियाँ वैज्ञानिकहरू कृत्रिम सूर्य बनाउनमा केन्द्रित भएका छन् । विभिन्न मिडिया रिपोर्टहरूका अनुसार उक्त कृत्रिम सूर्य वास्तविक सूर्यभन्दा ६ गुणा बढी तातो हुनेछ ।

यो कृत्रिम सूर्यले उत्पन्न गर्ने ऊर्जालाई विशेष प्रविधिबाट पर्यावरणका लागि सुरक्षित हरित ऊर्जामा परिवर्तन गर्न सकिने बताइएको छ ।

चीनको इन्स्टिच्युट अफ फिजिकल साइन्सका वैज्ञानिकहरूका अनुसार कृत्रिम सूर्यको अहिले परीक्षण चलिरहेको छ । यसलाई द एक्सपेरिमेन्टल एडभान्स सुपर कन्डक्टिङ टोकामाक अर्थात इस्ट नाम दिइएको छ ।

कृत्रिम सूर्यमा न्यूक्लियर फ्युजन प्रक्रिया हुने बताइएको छ । मेसिनको रुपमा हुने यो कृत्रिम सूर्य ठुलो डुनोट आकारको हुनेछ । यो कृत्रिम सूर्य एक दिनका लागि सञ्चालन गर्न करिब २० लाख रुपैयाँ बराबरको खर्च हुने बताइएको छ ।

अहिले यो कृत्रिम सूर्यवाला मेसिनलाई चीनको अन्हुई प्रान्तस्थित साइन्स टापुमा राखिएको छ । चीन, अमेरिका तथा रुस लगायतका देशहरूसँगै केही युरोपियन देशहरूले न्युक्लियर फ्यूजन रियाक्टर परियोजनामा काम गरिरहेको छन् ।

यो प्रविधि सफल भएमा पृथ्वीको गरिबी पूर्ण रूपमा हट्ने अनुमान वैज्ञानिकहरूले गरेका छन् । तर यसमा कहिले सम्म सफलता मिल्छ भन्ने कुरा यकिन गर्न सकिएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖