• Thursday 8th of October 2026

सैफ अली खानले हटाए करीनाको नामको ट्याटु!


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता सैफ अली खानले आफ्नो हातमा आफ्नी पत्नी करीना कपूर खानको नामको ट्याटु बनाएका थिए।

मंगलबार उनी एयरपोर्टमा देखिएका थिए। त्यतिबेला उनको हातबाट करीनाको नाम हटाएर नयाँ ट्याटु बनाइएको देखिएको थियो। उनले ट्याटु परिवर्तन गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले तेस्रो विवाह गर्न लागेको हो भन्दै कमेन्ट गरिरहेका छन्।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘भाइ तेस्रो विवाह गर्न लागेको हो?’ अर्काेले लेखेका छन्, ‘सैफ र करीना सम्बन्ध विच्छेद गर्दैछन् कि क्या हो?’

आफ्नो ट्याटु परिवर्तन गरेको विषयमा सैफले केही बताएका छैनन्। तर भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार सैफले आफ्नो नयाँ फिल्मको लागि ट्याटु परिवर्तन गरेका हुन्। यो ट्याटु केही समयको लागि मात्रै बनाइएको बताइएको छ। छायांकन सकिएपछि करीनाको नामकै ट्याटु देखिनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖