• Thursday 8th of October 2026

चट्याङ्गका कारण ११ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ – भारतको पश्चिम बङ्गालमा चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ । राज्यको मालदा जिल्लामा बिहीबार अलग अलग स्थानमा चट्याङ्गका कारण कम्तीमा ११ जनाको मृत्यु भएको बताइएको छ ।

चट्याङ्ग लागेर कयौँ घाइते भएको र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइतेमध्ये केहीको हालत गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमा २ जना नाबालिग पनि रहेको बताइएको छ । मृत्यु हुनेमध्ये अधिकांश खेतमा काम गरिरहेका, बगैँचामा आँप टिप्न गएका र बगैँचाका गार्ड भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖