• Thursday 8th of October 2026

आफूभन्दा १३ वर्ष कान्छीसँग प्रेम सम्बन्धमा कुशाल


  • धनकुटा खबर
  • .

मुम्बइ– भारतीय कलाकार शिवांगी जोशी र कुशाल टण्डाल प्रेम सम्बन्धमा रहेको खुलेको छ । शनिबार जन्म दिन मनाइरहेका शिवांगीलाई कुशालले सामाजिक सञ्जालमा गरेको विसमार्फत उनीहरु प्रेम सम्बन्धमा रहेको खुलेको हो ।

शिवांगीलाई ब्वाइफ्रेण्ड कुशाल टण्डालले विशेष तरिकाले जन्मदिनको शुभकामना दिएका थिए । उनले सामाजिक सञ्जालमा लेखेको शुभकामनाले उनीहरु डेटिङमा रहेको पक्का भएको अनुमान लगाउने पोष्टमा आएको कमेन्टमार्फत गर्न सकिन्छ ।

उनले बर्डथे वीसमार्फत आफ्नो मनको कुरा बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरी ब्यूटिफुल, तिमीलाई जन्मदिनको बधाई । आज म तिम्रो लागि सेलिब्रेट गर्दै छु । तिमी अविश्वसनीय व्यक्ति हौँ । जुन मैले मनाउँदै छु ।’

उनी थप लेख्छन्, तिमी यति दयालु र कोमल छौँ कि म के भन्न सक्छु । तिमीलाई हेरचाह गर्ने हास्यास्पद छौँ र केटीमा हुनुपर्ने सबै गुण छ । मेरो जीवनमा तिमी हुनु नै मेरो लागि ठूलो कुरा हो । तिमीलाई पाएकोमा म धेरै आभारी छु । जन्मदिनको धेरै धेरै शुभकामना।’

कुशालको पोष्टमा शिवांगीले हालसम्म कुनै कमेन्ट गरेकी छैनन् । तर अन्यले भने उनको पोष्टमा जमेर प्रतिक्रिया गरेको छ ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘के यसले हिन्टस् दिएको हो ।’

त्यसैमा अर्कोले लेखेका छन्, ‘के उनीहरु डेट गरिरहेका छन् ।’

अर्काेले थप्छन्, ‘एक जना ब्वाईफ्रेण्डले नै कुनै कटीको लागि यति राम्रो पोष्ट गर्न सक्छन् ।’

शिवांगी र कुशाल भेट एकता कपुरको शो ‘बरसातेः मौसम प्यारका’ मा भएको थियो । उक्त शोमा दुबैले मूख्य भूमिका निभाएका थिए । सोही शोबाट नै दुईबिचको प्रेम चर्चामा आएको थियो ।

उनीहरुले सार्वजनिक गर्दै आएको पोष्टले पनि दुई डेटमा रहेको प्रमाणित गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖