• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कोलकातासँगको खेल वर्षाले रद्द, राजस्थान तेस्रो स्थानमा सीमित


  • धनकुटा खबर
  • .

गुवाहाटी । इन्डियन प्रिमियर लिग (आईपीएल) को अन्तिम लिग खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिचको खेल वर्षाका कारण रद्द भएको छ ।

गुवाहाटीमा आइतबार साँझदेखि नै अविरल वर्षा भइरहेको थियो । करिब साढे तीन घण्टा ढिलो राति १०ः३० बजे टस भएपनि वर्षाले खेल सुरु हुन सकेन ।

यस्तो अवस्थामा दुवै टोलीले एक–एक अङ्क पाएका छन् । थप एक अङ्कसहित कोलकाता (२० अङ्क) पहिलो र राजस्थान (१७ अङ्क) तेस्रो स्थानमा छ ।

अब कोलकाता र हैदराबादबिच क्वालिफायर मे २१ मा अहमदाबादमा खेलिनेछ। यही मैदानमा मे २२ मा राजस्थान र बैंगलुरुबिच एलिमिनेटर हुनेछ ।

आइतबार नै भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको थियो । यो जितसँगै हैदराबाद शीर्ष २ मा पुगेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖