• Thursday 8th of October 2026

इरानी राष्ट्रपति इब्राहिम रायसीको मृत्युबारे हमासले के भन्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । हमासले इरानी राष्ट्रपति इब्राहिम रायसीको मृत्युको आधिकारिक विज्ञप्ति जारी गरेको छ ।हमासले एक विज्ञप्ति जारी गर्दै इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी, इरान सरकार र इरानका जनताप्रति समवेदना व्यक्त गरेको छ ।

“हामी इरानको दुखद र कठिन परिस्थितिमा साथ छौं। दुर्घटनाले इरानका ती नेताहरूको ज्यान लिएको छ जसले इरानको हितका लागि लामो लडाइँ लडे र हाम्रो लडाइलाई पूर्ण समर्थन गरे।”

हमासले भनेको छ, “यहूदीहरूको अत्याचार विरुद्ध प्यालेस्टाइन र प्यालेस्टिनीहरूको लागि लड्न उहाँले हामीलाई सधैं समर्थन गर्नुभयो।”

“हामी विश्वस्त छौं कि इरानका जनता यस दुखद दुर्घटनाबाट बाहिर आउन सक्षम हुनेछन्। इरानका जनताले यस्ता दुर्घटनाहरूको सामना गर्ने लामो इतिहास छ।

इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ ।यो हेलिकप्टरमा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लायान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖