• Thursday 8th of October 2026

विराज भट्टको फिल्म ‘१२ गाउँ’को सुटिङ सुरु


  • धनकुटा खबर
  • .

विराज भट्टको फिल्म ‘१२ गाउँ’को छायांकन सुरु भएको छ।सोमबार बिहान शुभमुहूर्त गर्दै ललितपुरको हात्तीवनबाट फिल्म सुटिङ सुरु गरिएको हो।

सेटमा विराजसहित उनका छोरा समीर र अन्य मुख्य कलाकार देखिए।समीरसहित पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र सनिशा भट्टराईले यसै फिल्मबाट डेब्यु गर्दै छन्।

दक्षिण भारतीय अभिनेता कनिज कोइराला पनि सेटमा देखिए।
महेश पौडेलले खिचिरहेको फिल्मको सुटिङ ४५ दिनसम्म चल्नेछ।

फिल्ममा सुलेमान शंकर (इकु), कालु राना, सन्तोष सरकारलगायतले अभिनय गर्नेछन्।

ललितपुरसहित वीरगन्ज, हेटौँडालगायत स्थानमा फिल्मको सुटिङ गरिनेछ।

एक्सन थ्रिलर जनरामा बन्ने फिल्मको कथा र पटकथा सन्तोष सरकारले लेखेका हुन्।

विराजले ४ वर्षपछि दोस्रो फिल्म निर्माण र निर्देशन गर्न लागेका हुन्।

पहिलोपटक विराजले २०७६ सालमा फिल्म ‘साङ्लो’ बनाएका थिए।

जुन फिल्ममार्फत पूर्वमिस नेपाल निकिता चण्डकले डेब्यु गरेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖