• Tuesday 6th of October 2026

मान्छे भित्रै देखियो बर्ड फ्लु


  • धनकुटा खबर
  • .

एजेन्सी । अस्ट्रेलियामा बर्ड फ्लु पनि भनिने एभियन इन्फ्लुएन्जा पहिलो मानवमा सरेको पाइएपछि भिक्टोरिया राज्यको स्वास्थ्य प्राधिकरणले बुधबार सार्वजनिक स्वास्थ्य सतर्कता जारी गरेको छ।

भिक्टोरियन स्वास्थ्य विभागका अनुसार ‘एच–५एन–१’ एभियन इन्फ्लुएन्जा यस वर्षको मार्चमा विदेशबाट फर्केका एक बच्चामा देखिएको थियो।गम्भीर लक्षण देखिएपछि सङ्क्रमित बच्चा पूर्ण रूपमा निको भइसकेका छन्।

यो रोग मानिसबीच सजिलै नसर्ने भएकाले स्वास्थ्य विभागले राज्यभर उक्त संक्रमणको फैलावटको कुनै प्रमाण नभएको र थप मानिसलाई सर्ने सम्भावना धेरै कम रहेको बताएको छ।

मेलबर्नबाट करिब ८० किलोमिटर पश्चिममा रहेको ग्रामीण टाउनसिप मेरिडिथ नजिकैको अन्डा फार्ममा कुखुरामा एभियन इन्फ्लुएन्जा भाइरस भेटिएको थियो। उक्त संक्रमण मानवको संक्रमणसँग सम्बन्धित नभएको परीक्षणले देखाएको छ।

एजेन्सीले विज्ञप्तिमा भन्यो, “कुखुरापालकहरू, घरपछाडिको समुदाय र पक्षी मालिकहरूलाई अपरिचित पक्षीहरूको मृत्युको कुनै पनि घटना रिपोर्ट गर्न आग्रह गरिएको छ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖