• Thursday 8th of October 2026

बङ्गलादेशी सांसद अजिमको कोलकातामा हत्या भएको खुलासा


  • धनकुटा खबर
  • .

एजेन्सी । बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिम भारतको कोलकातामा मृत फेला परेका छन् । गत शनिबारदेखि बेपत्ता उनी अजिम बुधबार कोलकातामा मृत फेला परेका हुन् ।

बङ्गलादेशका गृहमन्त्री असदुज्जमान खानले ढाकामा पत्रकार सम्मेलनमा सांसद अजिमको कोलकातामा हत्या भएको जानकारी दिए ।

बङ्गलादेश समाचारपत्र डेली स्टारका अनुसार बुधबार आफ्नो निवासमा पत्रकाहरूसँग मन्त्री खानले यस सिलसिलामा बङ्गलादेश प्रहरीले तीन जनालाई पक्राउ गरेको बताए ।

बेपत्ता सांसद अजिम मे १२ मा भारत प्रवेश गरी मे १३ मध्याह्नतिर साथीहरूसँग मेडिकल जाँचका लागि कोलकाता नजिकैको विधाननगरस्थित एक घरमा अन्तिम पटक देखिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖