• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विश्वकप तयारीका लागि गर्नसक्ने गरेका छौं : पारस खड्का


  • धनकुटा खबर
  • .

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले टि–२० विश्वकपको तयारीका लागि क्यानले गर्नसक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको बताएका छन्।

खड्काले विश्वकप अगाडि नेपालले म्याच एक्सपोजर र अन्य आवश्यक सुविधाका विषयमा क्यानले राम्रो तयारी गरेको उल्लेख गरेका हुन्।

‘क्यानले विश्वकपमा छनोट भएदेखि नै जे जति गर्न सकिन्थ्यो त्यो गरेको छ। टिमलाई जतिसक्दो व्यस्त राख्नुपर्छ भन्ने थियो, हेड कोच सँगको छलफलका क्रममा विश्वकप अगाडि ४० देखि ५० वटा टी–२० म्याच खेल्नुपर्छ भन्ने थियो। मलाई लाग्छ लगभग त्यो पूरा भयो,’ उनले भने।

फरक–फरक कन्डिसनमा नेपाली टिमले लगातार क्रिकेट खेलेकाले विश्वकपको तयारी राम्रो भएको उनले बताए। उनले खेलाडीलाई जतिसक्दो राम्रो प्लेट फर्म दिन कोशिस गरेको बताए।

पूर्वकप्तान खड्काले नेपाली टोलीबाट समर्थकले धेरै नै अपेक्षा गर्ने गरेको बताए। सामाजिक सञ्जालको महोल नेपालले विश्वकप नै जित्नुपर्छ भन्ने खालको पनि रहेको पनि उनको भनाइ छ। अधिकांश टोलीले अमेरिका र वेस्ट इन्डिजमा नै बेस बनाएर तयारी गरिरहेको उनले बताए ।

खेलाडीमाथि धेरै दबाब सिर्जना गर्न नहुने र अहिले विश्वकप खेलेको सेलिब्रेसन गर्ने अवस्था रहेको क्यानका सचिव पारस खड्काको बुझाइ छ। नेपाली टोली वेस्ट इन्डिजमा अभ्यास सकेर अमेरिका पुगिसकेको छ। विश्वकप अगाडि नेपालले अमेरिकामा अभ्यास खेल पनि खेल्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖