• Thursday 8th of October 2026

२९ वर्षकी महिलाले इच्छामृत्युको अनुमति पाइन्


  • धनकुटा खबर
  • .

काठमाडौं । नेदरल्याण्ड्समा तनावबाट पीडित एक २९ वर्षीया युवतीलाई इच्छामृत्युको अनुमति दिइएको छ । ती महिलाको नाम जोराया टेर बेक हो, जो जर्मनीको सिमाना नजिकै नेदरल्याण्डमा बस्छिन् ।

उनले साढे तीन वर्षदेखि नेदरल्याण्ड प्रशासनलाई इच्छामृत्युका लागि मनाउने प्रयास गरेकी थिइन् । द गार्डियनका अनुसार यो महिना उनको मृत्यु हुनसक्छ।

जोराया धेरै वर्षदेखि अटिजम र असहनीय मानसिक समस्यासँग संघर्ष गरिरहेकी छिन् । अटिजम भएको व्यक्तिले आफैलाई प्रहार गर्छ र चोट पुर्याउँछ।

उनलाई आत्महत्या गर्ने सोच आइरहन्छ । जोरायाले अब आफ्नो समस्याको समाधान नभएको महसुस गरिन् । जसका कारण उनले इच्छामृत्युको माग गरेकी थिइन् ।

तर, जोराया शारीरिक रूपमा पूर्ण रूपमा फिट छिन् । यस्तो अवस्थामा उनको इच्छामृत्युको स्वीकृतिमा प्रश्न उठिरहेको छ । मानसिक रोगबाट ग्रसित मानिसहरुले इच्छामृत्युलाई अपनाउने गरेको बताउँछन् ।

जोराया बाल्यकालदेखि नै चिन्ता र आघातको सिकार थिइन् । उनी क्रोनिक डिप्रेसन, एन्जाइटी, ट्रमा र पर्सनालिटी डिसअर्डर जस्ता समस्याबाट ग्रसित हुन थालिन्। यसबाहेक उनलाई अटिजमको समस्या पनि थियो ।

जोरायाले आफ्नो रोगसँग लड्न इलेक्ट्रोकन्भल्सिभ थेरापीको ३० भन्दा बढी उपचार गराइन्। यसमा बिरामीलाई विद्युतीय झटका दिइन्छ।

तर उनको स्वास्थ्यमा कुनै सुधार आएको छैन । जोरायाले गार्डियनलाई भनिन्, ‘उपचार सुरु गर्दा सबै ठिक हुन्छ भन्ने आशा थियो तर समयसँगै त्यो आशा पनि हराउन थाल्यो ।’

जोरायाले १० वर्षसम्म विभिन्न तरिकाले उपचार गराएपछि अन्ततः निराश भएर स्वस्थ जीवन जिउने आशा त्यागेको बताइन् । त्यसपछि उनले इच्छामृत्युका लागि आवेदन दिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖