• Thursday 8th of October 2026

दोहाबाट डब्लिन जाँदै गरेको विमान पनि खतरनाक टर्ब्युलेन्समा फस्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । दोहाबाट डब्लिन जाँदै गरेको विमानमा टर्ब्युलेन्स हुँदा १२ जना घाइते भएका छन् । डब्लिन एयरपोर्ट अपरेटर डीएएका अनुसार, बोइङ ७८७-९ ड्रीमलाइनरले टर्कीको आकाशमा टर्ब्युलेन्सको सामना गर्यो।

कतार एयरवेजको फ्लाइट क्युआर ०१७ स्थानीय समय अनुसार दिउँसो १ बजे अवतरण भएको थियो । त्यसपछि विमानस्थल प्रहरी, एम्बुलेन्स र दमकल विभाग जस्ता आपतकालीन सेवाका कर्मचारी त्यहाँ पुगेका थिए ।

रिपोर्टहरूका अनुसार, टर्ब्युलेन्सका कारण छ जना यात्रु र छ जना चालक दलका सदस्यहरू घाइते भएका छन्, जसमा आठ जनालाई अस्पताल लगिएको छ।

डीएएले एयरपोर्टमा उडान सञ्चालनमा कुनै असर नपरेको र फिर्ता उडानहरू समयमै आइपुगेको बताएको छ।

कतार एयरवेजले बीबीसी न्यूज एनआईलाई एक विज्ञप्तिमा भन्यो, “उडानका क्रममा केही यात्रु र चालक दलका सदस्यहरूलाई सामान्य चोटपटक लागेको छ र उनीहरूको उपचार भइरहेको छ।”

यस हप्ताको सुरुमा, सिंगापुरका लागि उडेको विमानमा गम्भीर टर्ब्युलेन्सका कारण एक ७३ वर्षीय ब्रिटिश व्यक्तिको मृत्यु भयो।

यस क्रममा १०० भन्दा बढी यात्रु घाइते भएका थिए, जसमध्ये २० जनालाई स्पाइनल इन्जुरीका कारण आईसीयूमा राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖