• Tuesday 6th of October 2026

गर्मीमा छालालाई कसरी जोगाउने ?


  • धनकुटा खबर
  • .

जब मौसम परिवर्तन हुन्छ अनि छालको थिंकनेस र हाइड्रेसन लगायत छालाको बाहिरी भागमा विभिन्न खालका असर भइरहेका हुन्छन् ।

नयाँ आउने मौसम अनुसार छालाले आफूलाई तयार गरिसकेको हुँदैन। अर्को कुरा मौसम परिवर्तनसँगै हाम्रो खानपान र जीवनशैली पनि परिवर्तन हुन्छ ।

त्यसको प्रत्यक्ष असर छालामा पर्ने चिकित्सक बताउँछन्। गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्छन्।

गर्मी मौसममा धेरै पसिना आउँछ। यसरी पसिना अत्यधिक आउने हुँदा कीटाणुको सङ्क्रमण हुन्छ र रिङ दाग आउँछ। यसका साथै, खैरो दुवी, रौँको जरा पाक्ने, पिलो लगायतका समस्या हुन्छन् ।

गर्मीमा आफ्नो छाला यसरी जोगाउनुहोस्

– बाहिरबाट घर आएपछि फेसवास वा क्लिन्जिङ गर्ने ।

– नुहाएपछि नरिवलको तेल लगाउने  ।

– अनुहार धोएपछि मोस्चराइजर लगाउने ।

– हावाहुरी चल्ने मौसममा छाला सुक्खा हुन नदिने । छाला जोगाउन शरीर ढाकेर घरबाहिर निस्कने । नियमित मोस्चराइजर लगाउने । जेल बेस मोस्चराइजर अर्थात् सन ब्लक प्रयोग गर्ने  ।

– सुक्खा छाला छ भने क्रिम बेसमा मोस्चराइजर प्रयोग गर्ने  ।

– गर्मी मौसममा धेरै तातोपानीले ननुहाउने । मनतातो पानी प्रयोग गर्ने  ।

– छालामा समस्या देखिए छाला रोग विशेषज्ञसँग परामर्श लिने  ।

– राति सुत्ने वेला मुख धोएर सधैँ मोस्चराइजर लगाउने  ।

– मानसिक र शारीरिक रूपमा सन्तुष्ट र खुसी रहने । नियमित व्यायाम गर्ने । व्यायामले पसिनामार्फत शरीरका विकारबाहिर निकाल्छ । शरीर ऊर्जाशील र अनुहार सफा बनाउँछ ।

– खानपानमा विशेष ध्यान दिने । माैसमी फलफूल खाने ।

– पर्याप्त पानी पिउने ।

– प्रयाप्त मात्रामा निदाउने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖