• Tuesday 6th of October 2026

यी हुन् मधुमेह देखिएपछि तुरुन्तै छोड्नुपर्ने केही खानेकुरा


  • धनकुटा खबर
  • .

एजेन्सी । अहिले मधुमेह दुनियाँभरमा आम स्वास्थ्य समस्यामध्ये एक भइसकेको छ । यो तीव्र गतिमा बढिरहेको ‘साइलेन्ट किलर’ बिमारी जस्तो हो, जसले शरीरलाई भित्रभित्रै सिध्याउँदै लैजान्छ ।

एकपटक यसको चपेटा परियो भने यसले जीवनभर सताइरहन्छ । त्यसैले मधुमेह भएपछि औषधीमा भर पर्नुभन्दा खानपानमा विशेष परिवर्तन गरियो भने यो कतिपय अवस्थामा सन्तुलनमा आउने र निको पनि हुने गर्छ ।

केही त्यस्ता खानेकुरा छन्, जो मधुमेहका बिरामीहरूले भुलेर पनि नखाएको राम्रो हुन्छ । यसरी मधुमेह भइसकेपछि बिरामीले खाने नहुने केही खानेकुराका बारेमा जान्नुहोस्-

मिठो चीज
मिठो यानिकी गुलियो चीजहरूदेखि टाढै रहनुहोस् । यदी तपाईं मधुमेहको बिरामी हुनुहुन्छ भने चिनी त छोड्नु नै पर्छ र यसबाट बनेका मिठाई आदि वा अन्य प्राकृतिक रूपमा धेरै चिनी भएको चीजहरू पनि नखानुहोस् ।

मैदा
यो बिमारी भएको अवस्थामा मिठाई तथा प्रसोधन गरिएको खाद्य पदार्थबाट पनि बच्नुपर्छ । किनकी यसले तीव्र गतिमा सुगर लेवललाई बढाउने काम गर्छ । समोसा, सेतो चामल, ब्रेड, पास्ता, पिज्जा आदि जस्ता मैदाले बनेका चिजहरू मधुमेहका बिरामीका लागि विष बराबर हुन्छ ।

चिल्लो तथा तेल
तेलबाट बनेका चीजहरू तथा तारेको, तेलमा भुटेको चीजहरू पनि खानु हुँदैन । कुनै पनि चीजलाई धेरै तेलमा पकाउँदा त्यसमा अत्यधिक कार्बोहाइड्रेट र सुगरको मात्रा बढ्छ । जसले मधुमेहका बिरामीहरूको समस्यालाई पनि बढाउँछ ।

सफ्ट ड्रिंक्स
सफ्ट ड्रिंक्स तथा फलफूलको जुसमा पनि अत्यधिक मात्रामा सुगर हुन्छ । त्यसैले ताजा फल पनि सीमित रूपमा खानु पर्दछ । ताजा फलको जुसमा पनि अत्यधिक चिनी हुने भएकाले जुस खानबाट बच्नुहोस् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖