• Tuesday 6th of October 2026

यसरी घरमै गर्नुहाेस् गर्मीमा देखिने घमौराकाे उपचार


  • धनकुटा खबर
  • .

काठमाडौँ – गर्मी महिना शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा पर्छन्। गर्मी मौसममा देखिने घमौरालाई धेरैले ठूलो समस्या मान्छन्। घमौरा पसिनाको ग्रन्थीहरूबाट आउने सङ्क्रमण हो।

घमौरा कसैलाई चिलाउने र कसैलाई नचिलाउने पनि हुन्छ। गर्मीबाट जोगिनु नै घमौरा आउन नदिने पहिलो उपाय हो। त्यसैले धेरै घाममा बस्नु हुँदैन। धेरै मानिसले घमौरा आएको ठाउँमा भ्यासलिन वा विभिन्न क्रिम लगाउने गरेको पाइन्छ। तर त्यसले समस्या थप बढ्न सक्छ।

घमौराको घरेलु उपचार

-घमौरा आएको ठाउँमा थोरै माटोको पेस्ट बनाएर लगाउँदा घमौरा चिलाउने पोल्ने समस्या कम हुन्छ।

– गाउँघर तिर पाइने सर्सिउँको तेलमा कपुर हालेर घमौरा भएको ठाउँमा लगाए आराम मिल्छ।

-घमौरा धेरै पोल्न थालेमा पाउडर लगाउन सकिन्छ।

-घमौरामा लोसन लगाउनाले चिलाउने क्रम कम हुन्छ र जलन मेटिन्छ।

-दिनमा तीन पटकसम्म एक एक चम्चा घ्यूकुमारीको जेललाई घमौरामा लगाउनु राम्रो हुन्छ।

-लसुन केलाएर मजाले पिसेर लेप बनाउने र घमौरा आएको भागमा दल्ने गर्नुपर्छ।

– निमको पातलाई पानीमा उमालेर चिसो बनाउने र घमौरा आएको ठाउँमा लगाएर आधा घण्टापछि नुहाउने गर्नुपर्छ।

-गर्मीबाट हुने घमौराजन्य घाउ, खटिरा बालबालिकालाई कोट्याउन दिनु हुँदैन।

– गर्मीमा नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन्।

– धेरै बाक्लो कपडा लगाएर बस्नु हुँदैन।

– घमौराको समस्याबाट टाढै रहन कागती पानी खाइरहने गर्नुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖