• Thursday 8th of October 2026

यसरी भुवनले भेटे दक्षिण भारतीय अभिनेत्री साई पल्लवीलाई


  • धनकुटा खबर
  • .

काठमाडौँ– चलचित्र विकास बोर्डका अध्यक्ष एवम् अभिनेता भुवन केसीले दक्षिण भारतीय अभिनेत्री साई पल्लवीसँग भेट गरेका छन् ।

उनले पल्लबीसँगका तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै ‘कफी विथ साइ पल्लवी’ लेखेका छन् ।

दादासाहेब फाल्के इन्टरनेशनल फिल्म फेस्टिभलका लागि भारत पुगेका भुवनले साई पल्लवीसँग भेटेर कफी खाएको तस्वीर फेसबूकमार्फत शेयर गरेका हुन् ।

तस्वीरमा भुवन र साई पल्लवीलाई मुस्कानसहित देख्न सकिन्छ ।

साई पल्लवीका नेपालमा पनि लाखौँ फ्यान छन् । उनी फिल्ममा मेकअप नगरी अभिनय गर्ने कारण चर्चामा छिन् । आफ्नो वास्तविक पहिचान देखाउनुपर्ने भन्दै उनले मेकअप नगर्ने बताउँदै आएकी छिन् ।

यता भुवनले सामाजिक सञ्जालमार्फत फाल्के इन्टरनेशनल फिल्म फेस्टिभल नेपालका तर्फबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖