हाम्रो घर परिवार समाज जहाँ पनि चिया पिउन एकदमै मन पराइन्छ । प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईँलाई थाहा छ ? केही व्यक्तिहरूका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । आखिर कस्ता व्यक्तिले साँझमा चिया पिउनु हुँदैन ?
डाक्टर तथा विशेषज्ञको भनाई अनुसार अनिद्राको सिकार र अत्यधिक तौल भएका व्यक्तिले चियाको सेवन गर्नु नै हानिकारक हुन्छ । क्याफिनको सेवनले यस्तो समस्यालाई अझै बढाउने काम गर्छ । यस्तोमा अधिक चिया सेवन गर्नबाट बच्नुपर्छ । यदि तपाईँलाई अनिद्राको समस्या छ भने साँझको समयमा चिया पिउनबाट बच्नुहोस् । क्याफिनको कारणले तपाईँलाई निद्रा नलाग्ने समस्या झनै बढ्न सक्छ । साथमा यसले तनाव पनि बढाउन सक्छ ।
यदि तपाईँको तौल ज्यादा छ भने पनि साँझको चिया नपिउनुहोस् । चियाको अत्यधिक सेवनले तौललाई तीव्र गतिमा बढाउने काम गर्छ । यदि तपाईँलाई चिलाउने तथा र्यासेजको समस्या छ भने पनि साँझको चिया नपिउनुहोस् । चिया पिउँदा यस्तो समस्या अझै बढ्ने तथा फैलने हुन्छ ।
तपाईँलाई एसिडिटीको समस्या छ भने पनि विशेष गरी साँझको चिया पिउनुहुँदैन । चियामा भएको क्याफिनले यसलाई बढाउँछ ।
