• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

एम्बेसीलाई गरेको यस्तो गलत रिपोर्टिङका कारण सन्दीपले नपाएका रहेछन् अमेरिकी भिसा


  • धनकुटा खबर
  • .

काठमाडौं – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० विश्वकप क्रिकेट गुमाएका छन्। उच्च अदालत, पाटनले निर्दोष सावित गरेपछि टी-२० विश्वकप खेल्ने ढोका खुलेको भएपनि अमेरिकाले दुई पटक उनको भिसा अस्विकार गरेसँगै उनले विश्वकप गुमाएका हुन्।

यद्यपि सन्दीपलाई भिसा नदिनुका पछाडि विभिन्न अनुमानका आधारमा सामाजिक सञ्जालमा चर्चा भइरहँदा उनका वकिल सरोजकृष्ण घिमिरेले भने भिसा नदिएको विषयमा भएका अनुमान अफवाह भएको बताए। उनले सन्दीपलाई डिफ्युजन नोटका कारण भिसा नदिएको भन्ने कुरामा सत्यता नभएको बताए।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको खेल हेर्न अमेरका पुगेका घिमिरेले भने, ‘सन्दीपको भिसा सन्दर्भमा नेपाल सरकारले डिप्लोम्याटिक नोट जारी गरिसकेपछि र क्यानले जिम्मा लिइसकेपछि नफर्किने आधार देखाएर भिसा नदिनु अनौठो हो।’

‘डिफ्युसन नोटिसका सन्दर्भमा सन्दीप उपस्थित भइसकेपछि स्वतः खारेज हुन्छ। अझ २०७९(७(३ मा नै गौशाला प्रहरीले डिफ्युसन नोटिस रद्द गर्न अपराध अनुसन्धानलाई पत्राचार गरी रद्द भइसकेको छ। त्यो कुनै कारण देखाउनु समाजमा हल्ला फैलाउनु मात्र हो,’उनले थपे।

वकिल घिमिरेले उच्चले सफाइ दिएपछि पनि सन्दीपलाई दोषी मानेर चलाइएका बहस पनि संर्कीण र न्यायको बुझाइको कमजोरीका रूपमा रहेको बताए।

उनले भने, ‘उच्च अदालतले फैसला गरिसकेपछि निर्दोष भइसकेको छ। अब सर्वोच्चमा पुनरावेदन हुन्छ र दोषी सावित हुन सक्छ भन्ने बुझाइ हो भने कानुनको बुझाइमा समस्या हो। हिजो जिल्लाको फैसलापछि किन दोषी करार गरियो तरु सर्वोच्च किन कुरिएन ? अब उच्चले फैसला गरेपछि उच्चको फैसल उल्टी नहुँदासम्म निर्दोष छैन भन्नु कानुन र न्याय को उपहास हो।’

घिमिरेले अमेरिकाले भिसा नदिनु उसको आन्तरिक कुरा भएको भन्दै अन्तर्वाता अघि अमेरिकी एम्बेसीलाई प्रभावमा पार्नेका लागि अनेक प्रयास गरिएको साथै सरकार पुनरावेदनमा जाँदै छ भनेर भ्रमित पार्ने प्रयास भएको भन्दै सन्दीपको अनुपस्थितिले कसैलाई फाइदा नहुने बताए।

उनले भने, ‘सन्दिपलाई रोक्न अमेरिकन एम्बेसीलाई गलत रिपोर्टिङ गरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖